Image

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ३० जेठ

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्थानिय ४२ बर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

गैरीबारी रिसोर्ट तर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही कारको ठक्करबाट गम्भीर घाईते भएकी स्थानीय ५५ बर्षीया राधीका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *