
बिरगंजका एक समाजसेवी युवा सेराज अहमद ले आउदो संसदीय चुनावमा आफु क्षेत्र नं १ को (क) बाट प्रदेश सांसद को लागी स्वतन्त्र उम्मेद्वारी दिने निर्णय गरेको बताएका छन्

मेरो स्वतन्त्र उम्मेद्वारी जनता को सेवा गर्ने एक मौका सरह हो । हुन त यस समाजसेवा मैले विगत धेरै पहिला देखि नै निरन्तर गर्दै आएको छु तर बेला बखतमा विभिन्न बाधाहरु को सामना पनी मैले गर्नु परेको छ । त्यसैले मलाई जनता को सेवा गर्न एक अलग र मजबुत बल को आवस्यकता परको देख्दा र साथै वर्तमान तथा भविष्यमा कुनै पार्टीगत दबाबमा पर्न नपरोस भनि स्वतन्त्र उम्मेद्वारी रोजेको भनी अहमद को भनाइ रहेको थियो हो ।
अहमद ले आज देखी नै जनता को दैलो मा गइ आफुलाइ साथ तथा सहयोग गरिदिन अनुरोध तथा मत माग्न सुरुवात गरिसकेको भनी बताए l
















