Image

कांग्रेसका प्रवक्ता डा. महतले एमालेमाथि लगाए आरोप

काठमाडौं, ९ जेठ

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् ।

आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् ।

‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो भन्ने कुरामा सत्यता छैन,’ प्रवक्ता महतले भने, ‘वरु बाजुराको बुढिगंगा नगरपालिकामा व्यापक धाँधली भयो । नगरपालिकाको २, ३, ५, ९ नम्बर वडामा बुथ कब्जा गरियो । सुरक्षा निकाय पनि पस्न नसक्ने बनाइयो । यो कब्जा एमालेको नेताहरुको नेतृत्वमा भयो ।’

निर्वाचनमा धाँधली गरेर मतपेटिका समेत एमालेका नेताहरु आफैले बोकेर जिल्ला पुर्याएको उनले जनाए । यसलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने उनले बताए ।

‘निर्वाचन आयोगलाई तत्काल कुनै पनि प्रभावमा नपरी चार वटा वाडमा पुन निर्वाचन गराउन माग गर्दछौं,’ प्रवक्ता महतले भने ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *