Image

चंखेलीमा गाउँपालिकामा स्थगित भएको मतगणना जारी

काठमाडौं, ५ जेठ

हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ । संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो ।

चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा ४ जेठमा मतदान कार्य सम्पन्न भएपछि गरिएकाे मतगणना स्थगित भएको थियाे । तर,  बिहीबार बिहानबाट मतगणना कार्य गरिएको निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए ।

उक्त महादेव मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए । चंखेली-२ मा रहेको मतदान केन्द्रमा जम्मा ९०३ जना मतदाता छन् । जसमध्ये ७८० मत खसेको र खसेको मतको कुल खसेको मतमा ३९५ पुरुष र ३८५ महिलाले मतदान गरेका हुन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *