• Home
  • ताजा समाचार
  • रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी
Image

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

काठमाडौं, २ जेठ

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ । यादव चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मत पाएका छन् ।

मत परिणामअनुसार यादवका निकटतम् प्रतिस्पर्धी उनकै काका हरिनन्दनप्रसाद यादव छन् । उनले नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । हरिनन्दनले २३ सय ३९ मत मात्र प्राप्त गरेका छन्री ।

गाउँपालिकको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साह ३५ सय २३ मतसहित विजयी भइन् । उनकाे निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६ सय ३७ मतमात्र प्राप्त गरिन ।

यस्तै, स्वन्त्र उमेद्वारी दिएका निवर्तमान अध्यक्षका छोराले केएस राहुल बर्माले १६ सय सात मत मात्र प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए । उनकाे गत बर्ष असारमा निधन भएको थियो । सुरुमा उनकै छोरालाई कांग्रेसको तर्फबाट टिकट दिने भनिए पनि नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गाउँपालिका अध्यक्षमा विजयी उम्मेदवार राजाबाबु सर्लाही क्षेत्र नम्बर ४ का प्रभावशाली माओवादी केन्द्रका नेता एवं पुर्व सांसद शिवपुजन रायका जेठा छोरा हुन् । रामनगर गाउँपालिका समेत गरी सर्लाहीमा तिन वडा पालिकाको नतिजा सार्वजनिक भएको छ । धन्कौल गाउँपालिका र हरिपुर नगरपालिकाको मेयर-उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसहेका छन् ।

यस्तै, रामनगर गाउँपालिकाको वडाध्यक्षमा १ नम्बर वडामा माओवादी केन्द्रका ब्रह्मदेव चौधरी, २ नम्बरमा माओवादी केन्द्रका सदानन्द यादव, ३ नम्बरमा माओवादी केन्द्रका अजय यादव, ४ नम्बरमा नकपा एमालेका वीरेन्द्र ठाकुर, ५ नम्बरमा माओवादी केन्द्रका श्रीन्नदन प्रसाद यादव, ६ नम्बरमा नेपाली कांग्रेसका गुदर साह, ७ नम्बरमा नेपाली कांग्रेसका गौरी शंकर पण्डित कुम्हार विजयी भएका छन् ।

, २ जेठ

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *