Image

खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी

काठमाडौं, २ जेठ

खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।

उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशील उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।

उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्कासहित १२ जनाले गत १४ वैसाखमा संयुक्त विज्ञाप्तिमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने घोषणा गरेका थिए ।

संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुपरेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले सात मत पाएका छन् ।

आधिकारिक उम्मेदवारिवरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ (संसोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ६ दिन अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *