Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्त बहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.५ ख ७३४५ नम्बरको टिपरले बा.८० प ६३७३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका ४५ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

सुतीरहेको अवस्थामा ट्रकले किचेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२५ अमृत चोकमा ना.५ त ५७३१ नम्बरको ट्रयाक्टरले ना.५१ प ८२३४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही महानगरपालिका–२२ बस्ने २९ वर्षीय बिनय बोटे रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका  सोही ठाउँ बस्ने ५२ वर्षीय बाबुराम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १० घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *