• Home
  • ताजा समाचार
  • प्रवक्ता डा. महत भन्छन, कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ
Image

प्रवक्ता डा. महत भन्छन, कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ

काठमाडौं, २६ वैशाख

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए ।

‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयू पुग्या छ । त्यो पनि ठूलो उपलब्धी हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयू ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा. महतले भने, ‘जो चाहीँ हुने खाने छन्, उनीहरू ८०/८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो चाही गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयू ७१ वर्ष पनि छैन् । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ । साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ । यसले गर्दा सिमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उनको भनाइ छ ।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १६ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ५ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *