• Home
  • ताजा समाचार
  • प्रचण्ड भन्छन, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो
Image

प्रचण्ड भन्छन, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो

काठमाडौं, ५ वैशाख

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

पार्टी मुख्यालयमा सोमबार आयोजिवत पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए ।

‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ । विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ ।’

उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनैै पनि हालतमा निर्वाचन नसर्ने बताए । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *