• Home
  • ताजा समाचार
  • वीरगञ्जमा लेखापढी व्यवसायी एशोसिएसनको नयाँ नेतृत्व चयन, अध्यक्षमा सन्नी पटेल निर्वाचित
Image

वीरगञ्जमा लेखापढी व्यवसायी एशोसिएसनको नयाँ नेतृत्व चयन, अध्यक्षमा सन्नी पटेल निर्वाचित

वीरगञ्ज — नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगञ्ज २०८३ को अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन्। शनिबार वीरगञ्जस्थित वीरगञ्ज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा पटेलले १२७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूमाथि स्पष्ट अग्रता हासिल गरेका हुन्।

अध्यक्ष पदका अर्का उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने चन्दु प्रसाद पटेलले ३३ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

निर्वाचनबाट उपाध्यक्षमा बिरबल कुमार यादव, सचिवमा नितेश गुप्ता, सह–सचिवमा बबिता कुमारी धानुक, कोषाध्यक्षमा धर्मेन्द्र कुमार साह निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा सुमित कुमार साह, बिकेश महतो धानुक, लक्ष्मी साह, मणिभूषण कुशवाहा, राजेश प्रसाद यादव र अमिरा पासवान चयन भएका छन,भने पार्षदमा उपेन्द्र प्रसाद साह, अब्दुल हकिम राउत गदी र राजा बाबु पटेल निर्वाचित भएका छन।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित अध्यक्ष पटेलले आफ्नो कार्यकाल पारदर्शिता, व्यावसायिक अनुशासन र सेवा सुधारमा केन्द्रित रहने बताएका छन्। उनले लेखापढी व्यवसायलाई थप व्यवस्थित, मर्यादित तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सदस्यहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे।

अध्यक्ष पटेलले भने, “लेखापढी व्यवसायीहरू न्यायिक प्रक्रियाको महत्वपूर्ण अंग हुन्। सेवाग्राहीलाई सहज, छरितो र विश्वसनीय सेवा दिनु हाम्रो दायित्व हो। मेरो नेतृत्वमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम तथा समन्वयलाई विशेष प्राथमिकता दिइनेछ।”

उनले पेशाभित्र देखिएका विकृति, अव्यवस्था र अनियमितता अन्त्य गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, जिल्ला अदालत तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लेखापढी व्यवसायीहरूको गरिमा र भूमिका अझ सुदृढ बनाउने उनले बताए।

निर्वाचनमा सहभागी सदस्यहरूले नयाँ नेतृत्वबाट संस्थागत सुधार, पेशागत मर्यादा र सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउने अपेक्षा व्यक्त गरेका छन। यस निर्वाचनबाट सन्नी पटेल नेतृत्वको प्यानल नै विजयी भएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *