Image

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ आगामी वर्ष २०२६/०२७ का लागि गभर्नर चयन हुनुभएको हो।
उक्त निर्वाचनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) मा मीना पन्थी तथा सेकेन्ड भिडिजीमा अर्चित श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसैगरी डिष्ट्रिक सचिवमा आशिष कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र घिमिरे चयन हुनुभएको छ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको चौथो कन्वेसन अन्तर्गत आयोजित कार्यक्रममा नवनिर्वाचित गभर्नर कसौधनले सम्पूर्ण लायन्स सदस्यहरुलाई एकजुट भई मानवीय सेवामा निस्वार्थ रुपमा समर्पित रहन आग्रह गर्नुभयो। उहाँले संगठनको लक्ष्य प्राप्तिका लागि सबैलाई दृढतापूर्वक लाग्न पनि आह्वान गर्नुभयो।
कार्यक्रममा विभिन्न पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *