चक्रवात ‘दित्वा’को प्रभाव: देशभर आंशिक बदली, यी प्रदेशमा मौसम सफा
By anjana soni
४ महिना अगाडि
Comments: 0
मौसम पूर्वानुमान महाशाखाले हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ (Ditwa) को आंशिक प्रभाव देशभर परिरहेको जनाएको छ।
यस चक्रवातका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा मौसममा आंशिक बदली छाएको छ।
आज दिउँसोको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।
अन्य बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
आज राति भने बदली हुने क्षेत्र केही खुम्चिनेछ। रातिको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
यसबाहेकका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि