Image

वीरगञ्जबाट १४ लाख बढी हुण्डी रकमसहित दुई जना पक्राउ

वीरगंज – विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको करिब १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ। भदौ ५ गते साँझ करिब ४:२० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR05 AB 7761) र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा पर्सा घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई–४ का ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखिएको अवस्थामा १० लाख रुपैयाँ १००० दरका नोट र ४ लाख १३ हजार ५०० रुपैयाँ ५०० दरका नोट फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *