Image

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित हुनुभएकोछ
। शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ
ग्रीनविचलेएक कार्यक्रमकोबीच सम्मान गरेकोहो ।
ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न
समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित
हुनुभएकोहो ।
कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा कँडेलको
प्रभावको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ।।।आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय
विशेषज्ञतामार्फत बिभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको
शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’
सम्मान ग्रहणपछि विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै कँडेललेभन्नुभयो, ।।।शिक्षामा जीवन
परिवर्तन गर्ने शक्ति छ, विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच
सुनिश्चित गर्ने मेरो प्रतिवद्धमा यो सम्मानले थप उर्जा मिलेको छ ।’
कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिबमा बीएससी (अनर्स) हासिल
गर्नुभएको हो ।
कँडेलकोनेतृत्वमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत द ब्रिटिस कलेज (काठमाडौँ), द विलवीच
कलेज, लण्डन, द वेस्टमिन्स्टर कलेज (ललितपुर), द उलवीच इन्स्टिच्यूट (दुबाई), मेरिटाइम
बिजनेश कलेज (क्यानडा) तथा नेपालका बिभिन्न स्थानहरुमा स्कुलहरु संचालनमा रहेका छन्

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १४ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *