• Home
  • ताजा समाचार
  • पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा
Image

पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा

पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा

वीरगंज २८ फागुन ।
काठमाडौंबाट सञ्चालन हुने मिर्मिरे अनलाईन डटकमका पर्सा सहकर्मी दिपक चौरसियाले आफु माथि भएको आक्रमणको विरुद्धमा जय प्रकाश कुशवाहा उपर जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार अभद्र व्यवहारको जाहेरी दिएका छन् ।
जाहेरीमा गत २१ गते राती करिब १० बजेको समयमा उनको घर अगाडि जय प्रकाश कुशवाहा लगायतकाले आक्रमण गर्ने प्रयास गरी बेईज्जत हुने गरी आमाचकाली गाली गर्दा प्रहरीको टोली पुगी चौरसियालाई बचाउन सफल भएको उल्लेख छ । कुशवाहाले पत्रकार चौरसियाको मोबाईलमा फोन गरी धम्की दिएको अडियो रेकर्ड र अभद्र व्यवहार गरेको भिडियो फुटेज प्रमाणको रुपमा आफु संग सुरक्षित रहेको चौरसियाले बताए ।
कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको मुद्दा परे पनि हालसम्म पर्सा प्रहरीले पक्राउ गर्न नसकेको प्रति समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चौरसिया संगठन पर्साका कार्य समिति सदस्य हुन् ।
सो विज्ञप्तिमा आन्तरिक राजस्व कार्यालय पर्साको समाचारको विषयलाई लिएर कुशवाहाले फोनबाट धम्की दिई केही मान्छेलाई लिएर घरमै गई आक्रमणको प्रयास गर्नु निन्दनिय भएको उल्लेख छ । कुनै पनि सञ्चारमाध्यममा प्रकाशित÷प्रशारित समाचार प्रति चित्त नबुझे कानुनी रुपमा जान सक्ने प्रावधान हुंदा हुंदै पनि पत्रकार माथि आक्रमण गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको आक्रमण हो भन्ने संगठनको ठहर रहेको जनाईएको छ ।
संगठनका अध्यक्ष प्रविण साहले जारी गर्नु भएको सो विज्ञप्तिमा कुशवाहाले गरेका अभद्र व्यवहारको घोर निन्दा गर्दै उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित पक्ष संग जोडदार रुपमा माग गरिएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *