• Home
  • अर्थ
  • लगानी सुनिश्चित नभएका आयोजनाले ‘राष्ट्रिय प्राथमिकता’को दर्जा नपाउने
Image

लगानी सुनिश्चित नभएका आयोजनाले ‘राष्ट्रिय प्राथमिकता’को दर्जा नपाउने

१० पुस, काठमाडौं 

लगानी तथा स्रोत सुनिश्चित नभएका आयोजनाले ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’को दर्जा नपाउने भएका छन् । राष्ट्रिय योजना आयोगले ‘राष्ट्रिय प्रथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७९’लाई ७ मंसिरमा स्वीकृत गरेको छ । उक्त मापदण्ड अनुसार अब स्रोत र लगानी सुनिश्चित भएका आयोजनालाई मात्र यस्तो मान्यता दिइने छ । यसले आयोजना कार्यान्वयन पूर्व हुने अवरोध चिर्न मद्धत पुग्ने आयोगको भनाइ छ ।

यस मापदण्डले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुन चाहिने न्यूनतम मापदण्ड तोकेको छ । जस अनुसार स्रोत र लगानी सुनिश्चितताको प्रमाण अनिवार्य हुनु पर्छ । नेपालमा स्रोत सुनिश्चितताविनै आयोजना घोषणा गर्ने प्रचलन धेरै छ । कतिपय राष्ट्रिय गौरवका आयोजनामा समेत स्रोत/लगानीको टुंगो छैन । यसमध्ये निजगढ विमानस्थल एक हो ।

मापदण्ड अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा सरकारले मान्यता दिनु अगाडि यस्तो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भएको हुनुपर्छ । चालु आवधिक योजनाले राष्ट्रिय प्राथमिकता निर्धारण गरेको क्षेत्र भित्र परेको समेत हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको पत्र समेत आवश्यक हुनेछ । आयोजनाबारे सम्बन्धित मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा मात्र सरकारले आयोजनालाई यस्तो मान्यता दिने भएको छ ।

आयोजना कसरी सूचीकृत हुनेछन् प्राथमिकता प्राप्तमा ?

नेपालमा आयोजनाको वर्गिकरण गर्ने जिम्मेवारी योजना आयोगको हो । तोकिएको मापदण्ड अनुसार तोकिएको शर्त पुरा गरेका आयोजनामध्येबाट योजना आयोगको मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रममा उल्लेख भएका पहिलो र दोस्रो प्राथमिकताका आयोजनालाई आयोगले राष्ट्रिय प्राथमिकता भए/नभएको निर्धारण गर्न सक्ने छ । आयोगले यस्ता आयोजनाबारे वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्दै सबै मन्त्रालयलाई जानकारी दिनु पर्ने समेत मापदण्डमा उल्लेख छ । पहिलो र दोस्रो प्राथमिकतामा नभएका तथा अन्य आयोजनालाई समेत यस सूचीमा राख्नु पर्ने भएमा आयोजना हेर्ने आयोगका सदस्यको सिफारिसमा आयोगले निर्णय गर्न सक्ने समेत मापदण्डमा उल्लेख छ ।

प्रादेशिक प्राथमिकतामा रहेका आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त भए नभएको निर्धारण गर्नुपर्ने भएमा प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको निर्णयसहित राष्ट्रिय योजना आयोगमा सिफारिस गर्नुपर्ने समेत मापदण्डमा उल्लेख छ ।

स्थानीय तहले समेत कुनै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको गाउँ–नगरसभाबाट स्वीकृत गराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगमा सिफारिस गर्नुपर्ने मापदण्डमा तोकिएको छ ।

गैरसरकारी क्षेत्र वा सामाजिक विकासका लागि समुदायबाट सञ्चालन गर्ने १० करोड रुपैयाँ भन्दा बढी लागतका आयोजनालाई समेत राष्ट्रिय प्राथमिकतामा राख्न सकिन्छ । यसका लागि स्थानीय तह र संघीय मामिला मन्त्रालयमार्फत आयोगमा सिफारिस आउनु पर्ने भएको छ । आयोगका अनुसार नयाँ मापदण्ड बनेसँगै यसअघि २०७५ सालमा ल्याइएको मापदण्ड खारेज भएको छ ।

अहिले नेपालमा कति छन् राष्ट्रिय महत्वका आयोजना ?

नेपालमा रुपान्तरणकारी आयोजना, राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना गरी ठूला र महत्वपूर्ण आयोजनालाई वर्गिकरण गरिएको छ । अहिले नेपालमा राष्ट्रिय गौरवका २४, रुपान्तरणकारी १८ र राष्ट्रिय महत्वका २१ गरी कुल ६३ आयोजना कार्यान्वयनमा छन् । आर्थिक, सामाजिक, पूर्वाधार र शासकीय सुधारका आयोजनाहरुलाई राज्यले प्राथकितामा समटेर बजेट राख्ने गरेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *