• Home
  • अर्थ
  • लघुवित्त बैंकर्स संघले गर्‍यो आन्दोलनरत पक्षसँग १२ बुँदे सहमति
Image

लघुवित्त बैंकर्स संघले गर्‍यो आन्दोलनरत पक्षसँग १२ बुँदे सहमति

६ पुस, काठमाडौं 

 नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिसँग १२ बुँदे सहमति गरेको छ । उक्त सहमितसँगै आन्दोलनका सबै कार्यक्रमह स्थगित गर्ने निर्णय भएको लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले बताए ।

लघुवित्त बैंकर्स संघले उक्त समूहसँग बहुबैंकिङ कर्जाको कारणले समस्यामा परेका सदस्यहरुलाई उनीहरुको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानी सहजीकरणका लागी कर्जा पुनर्संरचना तथा पुर्नतालिकीकरण गर्न नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने सम्झौता गरेको छ ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्त ऋणीको ऋण मिनाहा गर्नुपर्ने जस्ता माग गर्दै लघुवित्त संस्था विरुद्ध संगठित रुपमा आन्दोलन गरिरहेको मणिराम ज्ञवाली लगायतको समूहसँग लघुवित्त कम्पनीको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले सहमति गरेको हो ।

लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकबाट उक्त कार्य गर्नका लागि अनुमति प्राप्त भएमा त्यस्तो कर्जा पुर्नतालिकीकरण वा पुनर्संरचना गर्दा हाल लिई रहेको १.५ प्रतिशत सेवा शुल्कको २० प्रतिशत मात्र लिने गरी कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमतिका लागि अनुरोध गर्ने सहमति गरेको छ ।

यस्तै लघुवित्त बैंकर्स संघले लघुवित्त वित्तीय संस्थाको प्रति शाखा ५ जना विपन्न ग्राहक सदस्यका छोरा/छोरीलाई आधारभूत तथा माध्यमिक विद्यालय तहसम्मको छात्रवृत्ति व्यवस्था गर्ने साथै वित्तीय संस्थाले कर्मचारी पदपूर्ति गर्दा ग्राहक सदस्यका छोरा/छोरीलाई योग्यता र क्षमताको आधारमा प्राथमिकता दिने सहमति गरेको छ ।

लघुवित्त बैंकर्स संघले लगानीलाई उत्पादनमा आधारित बनाएर किस्ता निर्धारण तथा व्यवसायजन्य लगानी सुरक्षाका लागि बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, ऋणी सदस्यहरुसँग कर्जा असुली गर्दा मानवीय र सम्मानजनक व्यवहार गर्ने जस्ता सहमति भएको संघले जनाएको छ ।

सहमतिमा नेपाल लघुवित्त बैंकर्स संघका तर्फबाट महासचिव रामबहादुरर यादव र लघुवित्त विरुद्धको संघर्स समितिको तर्फबाट उपाध्यक्ष एलिशा मियाँले हस्ताक्षर गरेका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *