• Home
  • अर्थ
  • शेयर बजार १४ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड रुपैयाँको कारोबार
Image

शेयर बजार १४ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड रुपैयाँको कारोबार

काठमाण्डाै पुस ५

शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ५७ वटा कम्पनीकाे ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको छ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सृजनशील लघुवित्त, आँधीखोला लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर आज सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ४ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *