Trending

एसियन हाइड्रोपावरकाे आईपीओ निष्काशन

875Views
0 Shares

काठमाडौं, २७ मंसिर

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकितदरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको छ।

जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता सेयर रहेको छ । साथै अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

सर्वसाधारणहरुको लागि निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता साधारण सेयर नेपाल सरकार सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

सो सेयरमा न्युनतम १० कित्तादेखि अधिक्तम २० हजार कित्ता आवेदन दिन पाउने व्यवस्था कम्पनीले गरेको छ । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ।

यस कम्पनीले आईपीओ निष्कासन गराएको रेटिङमा केयर रेटिङ नेपालले यस कम्पनीलाइ केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षेमतामा औषत जोखीम रहेको संकेत पनि गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय