• Home
  • अर्थ
  • आज सेयर बजारमा ३.५१अंककाे गिरावट
Image

आज सेयर बजारमा ३.५१अंककाे गिरावट

काठमाडौं, १४ मंसिर

साताकाे चाैथाे काराेबार दिन बुधबार नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा काराेबार बन्द भएको हाे । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १९४ कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीकाे मूल्य बढेकाे छ भने १२४ कम्पनी घाटामा गएका छन् । साथै, ६ कम्पनी स्थlर रहेको नेप्सेले जनाएको छ ।

ग्रिन लाइफ हाइड्रोपावर ४.१७, खप्तड लघुवित्त वित्तिय संस्था ४ प्रतिशतले वृद्धि भएको र हिमालय डिस्टिलरी ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाको कारोबार भएको र नबिल बैंकमा भने ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्समा वृद्धि भएको छ भने अन्य उपसुचकहरू ओरालो लागेको नेप्सेले जनाएको छ ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *