• Home
  • अर्थ
  • नेप्से १ प्रतिशत माथिले वृद्धि हुँदा करिब १ अर्ब ७२ करोडको कारोबार
Image

नेप्से १ प्रतिशत माथिले वृद्धि हुँदा करिब १ अर्ब ७२ करोडको कारोबार

१ मंसिर, काठमाडौं

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको आर्थिक सूचकहरु सकारात्मक देखिंदा लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ ।

बिहीबार नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ ।

बजारमा कुल १८७ कम्पनीको सेयर सेयर कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

जमसध्ये सिक्लेस हाइड्रोपावर सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ ।

यता खराब वित्तीय विवरणले फर्वाड कम्युनीटि लघुवित्तहको सेयर मूल्य २.९७ प्रतिशतले गिरावट हुँदा इमर्जीङ नेपालको सेयरमूल्य १.८७ प्रतिशत र तारगाउँ रिजेन्सी होटेलको सेयरमूल्य १.६९ प्रतिशतले घटेको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *