Trending

चरम खाद्यान्न संकटको चपेटामा अफगानिस्तान

1.2kViews
0 Shares

काठमाडौं, २८ कातिक 

अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन (एफओए)ले जनाएको छ । एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ । 

‘ विस्तारित खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरताले २ करोड २८ लाख मानिस प्रभावित छन्’, प्रतिवेदनमा भनिएको छ । त्यस्तै, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ । एक वर्षको आर्थिक कठिनाइ, भूकम्प र बाढी जस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानी जनता अर्को कठोर जाडो मौसमको लागि पहिलेभन्दा कम तयार रहेको  डब्लूएफपीले एक विज्ञप्तिमा  उल्लेख गरेको छ । हरेक १० मध्ये ९ घरपरिवारले आफ्नो खाद्यान्न आवश्यकताहरू पूरा गर्न नसकेको पनि डब्लूएफपीले जनाएको छ ।

जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९लगायतका समस्याबाट गुज्रिरहेको अफगानिस्ता पछिल्ला वर्ष  रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएको डब्लूएफपीले जनाएको छ ।

१५ महिनाअघि तालिवानको सत्तापलटपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले काबुललाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय