• Home
  • ताजा समाचार
  • खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी
Image

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ । बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरका मेयर बालेन्द्र साह (बालेन) का पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए ।

लम्साल भन्छन्, ‘अहिले चाहिं फोहोर र झाडीको कारण अस्तव्यस्त देखिएकोले सम्याइएको मात्रै हो । तर हाम्रो तयारी यहाँ अन्डरग्राउन्ड पार्किङ नै हो । महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले भूमिका खेल्छ ।’ लम्सालले खुलामञ्च तत्काल खोल्ने विषयमा भने निर्णय भइनसकेको बताए ।बजेटमै उल्लेख भएको बुँदा अनुसार महानगरले खुलामञ्चमा तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ गराउने गरी ‘सार्वजनिक–निजी–साझेदारी’अवधारणामा संरचना निर्माण हुने लम्सालले बताए । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको उनले बताए । ‘अघिल्लो ठेक्काहरुमा नीतिगत त्रुटि हुँदा कतिपय कामहरु अलपत्र परेका छन् । यो पटक केही सुधार गरेर ठेक्का आह्वान गर्छौं’ लम्सालले भने ।महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । ‘हामीले ५ हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययन गरिरहेका छौं । बजेटमै आइसकेकोले महानगरले आन्तरिक तयारी गरिरहेको छ । खुलामञ्चको चौर नबिग्रने गरी संरचना तयार हुन्छ,’ लम्सालले भने, ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ । खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजना सहित हामीले काम सुरु गर्छौं ।’

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *