Trending

टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

830Views
0 Shares

टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ । इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ । छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिका बीबीसीले जनाएको छ ।

इस्तानबुल क्रिमिनल कोर्ट अफ पिसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ती सामग्री मिडियादेखि सामाजिक सञ्जालबाट समेत हटाउन निर्देशन दिएको छ । लस्करै पसल र रेस्टुरेन्टहरु रहेको इस्टिलाल एभेन्यु पर्यटकलगायत स्थानीय माझ लोकप्रिय रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय