Image

फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्ने

काठमाडौं, २७ कात्तिक

 आईसीसी टी-२० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलवर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ ।  

यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो । 

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् । पाकिस्तानले सन् २००९ मा इंग्ल्यान्डमै भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । 

इंग्ल्यान्डले भने सन् २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको प्रतियोगितामा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन भएको थियो । तेस्रो संस्करणको प्रतियोगितामा इंग्ल्यान्ड फाइनलमा सात विकेटले विजयी भएको थियो । 

आईसीसी टी-२० विश्वकपको उपाधि वेस्ट इन्डिजले सर्वाधिक दुई पटक जितेको छ । वेस्ट इन्जिडले सन् २०१२ को चौथो संस्करण र सन् २०१६ को छैटौं संस्करण उपाधि हात पारेको थियो । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *