Trending

भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

905Views
0 Shares

– भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे ।

उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय