बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाण्डाै – बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि