• Home
  • ताजा समाचार
  • डाेटी भूकम्प : उद्धार तथा विवरण संकलनकाे काम चल्दै, ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Image

डाेटी भूकम्प : उद्धार तथा विवरण संकलनकाे काम चल्दै, ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डाै – डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलनको काम थालिएको छ । सुरक्षाकर्मीसँगै रेडक्रसकर्मी र स्थानीयबासिन्दा समेत उद्धारमा जुटेका छन् ।

गएरातिको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका छन् । ८ वटा घर पूर्णरुपमा भत्केका छन् । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।     

यसैबीच डोटीमा भूकम्पमा परेर ज्यान गुमाएकाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *