Trending

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

920Views
0 Shares

सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।

मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । अहिलेसम्म यो सेवा निःशुल्क थियो । ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको दाबी छ । तर मासिक शुल्क उठाउने प्रकृया सहज र व्यावहारिक नभएको भन्दै यो कदमको आलोचना समेत भैरहेको छ ।

यसैबीच, केही प्रमुख ब्रान्डहरूले ट्विटरमा अब हुन सक्ने परिवर्तन र विज्ञापन प्लेटफर्मलाई ध्यानमा राखेर अस्थायी रुपमा विज्ञापन रोक लगाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय