Trending

सियोल भागदौडमा नेपाली श्रमिक परेको जानकारी आएको छैन : दूतावास

1.0kViews
0 Shares

काठमाण्डौ – दक्षिण कोरियाको राजधानी सियोलमा गएराति भएको भागदौडको घटनामा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै पनि औपचारिक खबर नआएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

घटना भएको स्थान पर्यटकीय स्थल भएको र नेपालीहरुको कार्यस्थल नभएकाले पनि नेपाली श्रमिकहरु त्यहाँ पर्ने सम्भावना कम रहेको दूतावासकी काउन्सेलर रमा भट्टराईले जानकारी दिनुभयो । ‘हामीहरुले नेपालीहरु पनि पर्नुभयो कि भनेर बुझिरहेका छौं, तर अहिलेसम्म नेपाली नागरिक परेको भन्ने कुनै पनि खबर वा जानकारी आएको छैन’, उहाँले भन्नुभयो, ‘कतिपयको परिचय खुलेन भनिएको छ, प्रहरीले ज्यान गुमाउनेको इन्भेस्टिगेट गरिरहनुभएको छ, दूतावासले निरन्तर अपडेट लिइरहेको छ ।’

दुर्घटना भएको स्थल सियोलको पर्यटकीय स्थल भएकाले त्यस ठाउँमा नेपालीहरु घुम्न जाने सम्भावना भने रहेको उहाँले बताउनुभयो । शनिवार राति सियोलमा हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड मच्चिएको थियो । भाडदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेको खबरमा उल्लेख छ । सडकमा एक लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय