Trending

कैलालीकाे चौमाला बजारमा आगलागी हुँदा एक कराेड रुपैयाँ बराबरकाे क्षति

955Views
0 Shares

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ । 

आगलागीबाट चौमाला बजारका विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ ।

यस्तै, हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख रुपैयाँ बराबरकाे सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा हिजाे बेलुका अचानक विद्युतकाे लाइन चुहावट भइ लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडामा रहेकाे सशस्त्र प्रहरीको रिजर्व गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियता तथा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।अन्तिम अपडेट: कात्तिक १३, २०७९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय