• Home
  • ताजा समाचार
  • चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु
Image

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गर्नुभएको बीबीसीले जनाएको छ । 

आउँदो पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुन्छ । झन्डै दुई हजार तीन सय जना पार्टी प्रतिनिधि सहभागी महाधिवेशनले तीन सय ७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्युरो सदस्य र त्यसमध्ये सात जना स्थायी समिति सदस्य चुनिने छन् । पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रिमण्डल सरह ठानिन्छ । सीलाई सम्मेलनमार्फत तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघिका सम्मेलनहरूमा नेताहरू आफ्नो पक्ष बलियो बनाउन प्रयास गर्ने गरेकोमा यस पटक कंग्रेसमा सीको एउटामात्र पक्ष देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति सीले विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गर्नुभएको छ । यस्तै उहाँले ताइवानमा बल प्रयोगको सम्भावनालाई अस्वीकार नगर्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ । सीपीसी संसारकै सबैभन्दा धेरै सदस्य भएको पुरानो पार्टी हो

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *