For Youtvnepal long gif
Image

सोमालियाको होटमा जिहादीको हमलामा परि १३ जनाको मृत्यु

काठमाडौं । भदौ ५ गते
सोमालियाको राजधानी मोगादिसुको एक होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको सरकारका एक एक सुरक्षा कमाण्डरले शनिबार बताए । ‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं । योसँगै विद्रोहीसँगको हमलामा मारिनेको संख्या १३ पुगेको छ’, सुरक्षा कमान्डर मोहम्मद अब्दिकादिरले भने ।

प्रहरी अधिकारी इब्राहिम दुआलेले पनि १० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले शुक्रबार साँझ अल–शबाब लडाकुहरूले गरेको बन्दुक र बम आक्रमणको समयमा होटलमा रहेका अधिकांश सर्वसाधारणलाई उद्धार गरिएको बताए । विद्रोहीले होटललाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई बन्धक बनाउन खोजेका थिए । ‘अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए’ गुप्तचर अधिकारी मोहम्मदले रोयटर्सलाई भने ।

बन्दुकधारीहरूले भवनको दोस्रो तल्लामा अज्ञात संख्यामा बन्धकहरू राखेका र अधिकारीहरूलाई भारी हतियार प्रयोग गर्नबाट रोकिएको थियो ।विद्रोहीले सुरक्षाकर्मीलाई अवरोध गर्न भवनका केही सिढीमा पनि बम विस्फोट गराएका उनले बताए ।
 

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *