Trending

  लेस्टर पराजित, केनको कीर्तिमान

865Views
0 Shares


काठमाडौं । भदौ ५ गते
इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ । लेस्टर घरेलु मैदान किंग पावर रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुग्यो  ।

जेम्स म्याडिसनले ५४औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा चे एडम्सको गोलबाट पाहुना टोली खेलमा फर्किएको थियो । यस्तै, खेल सकिन ६ मिनेट बाँकी रहँदा एडम्सले नै गोल गरेपछि लेस्टर घरेलु मैदानमै निराश बन्यो ।

प्रिमियर लिगअन्तर्गत शनिबारै भएको खेलमा  टोटेनहमका स्ट्राइकर ह्यारी केनले एकै क्लबबाट सर्वाधिक धेरै लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।उल्भ्सविरुद्ध निर्णायक गोल गरेसँगै केनले सर्जियो अग्युइरोको नाममा रहेको  कीर्तिमान उछिनेका  हुन्।

उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा केनको १ सय ८५ औं गोल हो ।  म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको नाममा १ सय ८४ गोल  थियो । केनले करियरको २ सय ५० औं गोलसमेत पूरा गरेका छन् ।यस्तै, अन्य खेलहरुमा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई ३–१ ले र फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गर्दा एभर्टन र नटिङ्घम फरेस्ट १–१ को बराबरीमा रोकिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय