• Home
  • जिवनशैली
  • देवाही गोनाहीकाे निर्णय- विपन्‍न परिवारकाे ५० युनिटसम्मको विद्युत् महसुल तिरिदिने
Image

देवाही गोनाहीकाे निर्णय- विपन्‍न परिवारकाे ५० युनिटसम्मको विद्युत् महसुल तिरिदिने

रौतहट, ३ भदाै

रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ ।

देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निणय गरेको हो । देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख प्रेमलाल साह कानुले बताए ।

देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत  विद्युत् महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख कानुले जानकारी दिए ।

आफ्नो चुनावी घोषणापत्रअनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख कानुले बताए । निःशुल्क विद्युत् योजनाको लाभ लिन स्थानीयले योजना लागु हुने समयभन्दा अगाडिको बिल भुक्तानी गरेको हुनुपर्नेसमेत उनले बताएका छन् । 

जनताले आफूहरूलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरूले अब जनताको सुविधाका लागि ध्यान दिने नगर प्रमुख कानुले बताएका छन् ।

नगर प्रमुख कानुले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने बताएका छन् ।

५० युनिटभन्दा बढी  विद्युत् खपत भएको पाइएमा सम्बन्धित् व्यक्तिले स्वयं बिल तिर्नुपर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताएका छन् ।  

यो सुविधा लिन मिटर रिडिङ भएलगतै सम्बधित् वडा कार्यालय वा नगरपालिकामा बिल जम्मा गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

राजेश्वर श्रेष्ठको 68 औँ जन्मदिन समाजसेवा र पारिवारिक मिलनसहित भव्य रूपमा सम्पन्न

श्रीजा श्रेष्ठ समाजसेवी तथा मेडिकल व्यवसायीले आफ्ना बुवा राजेश्वर श्रेष्ठको 68औँ जन्मदिन विशेष रूपमा मनाउनुभएको छ। जन्मदिनको अवसरमा…

ByByYOUTV Nepal ७ महिना अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *