द इकोनोमिस्टविरुद्ध उजुरी दिँदै अभिनेत्री इनास

810Views
0 Shares

काठमाडौं, २६ साउन 

इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन् । पत्रिकामा हालैमात्र छापिएको एक लेख अरब विश्वका महिलाकाबारेमा लेखिएको थियो । जसमा अरबी महिलाहरू पुरुषको तुलनामा ‘मोटा’ हुने दाबी गरिएको थियो ।

‘अरब विश्वमा पुरुषको तुलनामा महिलाहरू अधिक मोटो किन हुन्छन् ?’ शीर्षकको लेखका लागि इनासको तस्बिर प्रयोग गरिएको थियो । उनले आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै कानुनी बाटो अपनाउने घोषणा गरेकी हुन् ।

इराककी लोकप्रिय अभिनेत्री र टक शोकी होस्टसमेत रहेकी इनासले एक अन्तर्वार्तामा आफ्नो अनुमतिविना नै तस्बिर प्रयोग गरिएको बताइन् । उनले आफ्नो गोपनीयताको उल्लंघन भएको दाबी गरेकी छन् । उने तस्बिरमा फोटोसप गरिएको बताएकी छन् ।

यो लेख गत जुलाईको अन्त्यमा प्रकाशित भएको थियो । जसमा इनासको तस्बिर राखिएको थियो । उनको त्यो तस्बिर नौ महिना पुरानो बेबिलोन इन्टरनेसनल फेस्टिभलमा खिचिएको थियो ।

लेखमा गरिबी र महिलाहरूलाई घरबाट निस्कन लगाइएको प्रतिबन्धका कारण पुरुषको तुलनामा अरब महिलाहरूको तौल अधिक हुने दाबी गरिएको थियो ।

इनासले लेखले अरब महिला र विशेष गरी इलाकी महिलाको अपमान गरेको बताएकी छन् । ४२ वर्षकी इनास इराकको लोकप्रिय अभिनेत्री हुन् । जसको इन्स्टाग्राममा ९० लाख बढी फलोअर्स छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय