• Home
  • ताजा समाचार
  • सुजय योङको कथा र निर्देशन रहेको ‘साहु बा’को टिजर सार्वजनिक
Image

सुजय योङको कथा र निर्देशन रहेको ‘साहु बा’को टिजर सार्वजनिक

काठमाडौं । बहुचर्चित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायत ३५० भन्दाबढी कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको यो सिरिजको लागि अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्दा बढि समय दिएको बताउँछिन् ।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजको हरेक एपिसोड १ घण्टा लामो रहेको छ । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन रहेको सिरिज उनको नेपाली डेव्यु सिरिज समेत हो । यो सिरिजको
कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनले लकडाउनको बेला यो सिरिजको स्कृप्ट तयार पारेका थिए । ‘नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । यो एकदमै भिन्न कथा होइन् तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौं’, निर्देशक योङले भने ।
साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १४ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १६ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *