• Home
  • Uncategorized
  • श्री माँ दुर्गा भवानी पूजा परिषदको वार्षिक साधारण सभा सम्पन्न, वनभोज र सम्मान कार्यक्रम भव्य
Image

श्री माँ दुर्गा भवानी पूजा परिषदको वार्षिक साधारण सभा सम्पन्न, वनभोज र सम्मान कार्यक्रम भव्य

काठमाडौं – श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले २०८२ सालको वार्षिक साधारण सभा, शुभकामना आदानप्रदान, वृहत बनभोज, र सम्मानपत्र वितरण कार्यक्रम गोकर्ण सहिदपार्कमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व वनमन्त्री माननीय शंकर भण्डारीको उपस्थिति रहेको थियो भने विशेष अतिथि पूर्व संविधानसभा सदस्य सरिता कुमारी यादव र मधेसी महिला समाजकी पूर्व संस्थापक अध्यक्ष शान्ति महतो समेत सहभागी थिए।

सो अवसरमा परिषदका संरक्षक, मानार्थ तथा आजीवन सदस्यहरू, सल्लाहकार समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, दुर्गा पूजा मूल समारोह समितिका पदाधिकारी र आमन्त्रित अतिथि उपस्थित थिए।

कार्यक्रमलाई भव्य र सफल बनाउन परिषदका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागीता रहेको थियो। उपस्थित सबैलाई सम्मानपत्र वितरण गरिएको थियो भने शुभकामना आदानप्रदानमार्फत नयाँ वर्ष २०८२ को शुभकामना साटासाट गरियो।
यस अवसरमा परिषदको नयाँ कार्यसमिति चयन गरियो, जसअनुसार परिषदको अध्यक्षमा सर्वसम्मत रूपमा श्री राम शोभित नायक चयन हुनुभएको छ भने बरिष्ठ उपाध्यक्षमा माननीय सरिता यादव निर्वाचित हुनुभयो।

कार्यसमितिको अन्य पदाधिकारीहरूमा बरिष्ठ उपाध्यक्षको रूपमा सविता नायक, बरिष्ठ नवलकिशोर यादव, राम नरेश यादव, र जितेन्द्र ठाकुर चयन भएका छन्। महासचिवमा दिलीप शाह, रमेेश साह सचिवमा प्रमेश साह, कोषाध्यक्षमा प्रवीण राय चयन भए। कार्यसमिति १५ सदस्यीय रहेको छ भने परिषदमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो। परिषदको सम्पूर्ण नेतृत्व सर्वसम्मत रूपमा निर्विरोध चयन भएको हो।‌

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २१ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *