Image

ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु

पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखरालेक्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः
सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको
म्यानेजमेन्टमा पुनः सुरु भएकोहो ।
सन्२००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजलेगुणस्तरीय
शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै
कसमस इन्टरनेशन कलेज अब ब्रिटिस एजुकेशन ग्रुपमा आधिकारिक रुपमा समावेश भएको
छ, जसलेनेपालभर गुणस्तरीय शिक्षा विस्तार गर्दै आएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कूलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस
कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी
कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले भन्नुभयो,
“गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार हो । कसमस इन्टरनेशनल कलेजको पुनः
सुरुवातले हजारौं युवाहरूको भविष्य निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु।”
“सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित काठमाडौँबाट सुरु भएको हाम्रो
शैक्षिक यात्रा आज नेपालभर विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको छ । हाल ब्रिटिस
एजुकेशन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरूमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
हाम्रा ग्राजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप
सञ्चालन गरिरहेका छन्भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा
थप अध्ययन गरिरहेका छन्।” कार्यकारी अध्यक्ष कँडेलले भन्नुभयो, “हामी द ब्रिटिस कलेज,
काठमाडौँबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई अब पोखरामै ल्याउन पाउँदा गर्व
महसुस गर्दैछौं । हामी पोखरामा पनि अन्तर्राष्ट्रियस्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध
छौं ।”
कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायतका विभिन्न
संघसंस्था, पत्रकार, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय
उपस्थिति रहेको थियो।
ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजनाको घोषणा पनि गरेको छ ।
योजनाअनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म ट्युसन फी
छुट, सुरुका २० जना विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा
ल्याउने विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति, साथै उपत्यकाका प्रमुख स्थानहरूबाट निःशुल्क
यातायात सुविधा उपलब्ध गराइनेछ ।

हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले १०
जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ ।
टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित
वातावरण, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ
।
ब्रिटिस एजुकेशन ग्रुपबारे ।
कसमस इन्टरनेशनल कलेजसँगै ब्रिटिस एजुकेशन अन्तर्गत आबद्ध संस्थाहरूमा द ब्रिटिस
कलेज–काठमाडौँ, द वेस्टमिन्स्टर कलेज–ललितपुर, ब्रिटिस मोडल कलेज, ब्रिटिस प्रोफेशनल
कलेज, ब्रिटिस इन्टरनेशनल कलेज, ब्रिटिस ग्रामर स्कुल–रुपन्देही, मदरल्याण्ड स्कुल–चितवन,
द उलविच कलेज–लन्डन, द उलविच इन्स्टिच्युट–दुबई, र मेरिटाइम बिजनेस कलेज–क्यानाडा
रहेका छन्।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १८ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ३ दिन अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ४ दिन अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *