• Home
  • जिवनशैली
  • ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी अन्स डाटा साइन्स कार्यक्रमको शुभारम्भ
Image

ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी अन्स डाटा साइन्स कार्यक्रमको शुभारम्भ

काठमाडौं, नेपाल – ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ। काठमाडौंको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।
कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष श्री उपेन्द्र कँडेल र कार्यकारी निर्देशक श्री महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गर्नुभएको थियो। सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा डाटा साइन्सको महत्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा Dolma Fund Management का सीईओ श्री टिम गोचर OBE DL, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख श्री जोन बी. पार्क, माननीय मनीष झा, र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन प्रमुख अतिथि हुनुहुन्थ्यो। राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै त्यस पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गर्नुभयो।
ब्रिटिश एजुकेशन ग्रुपका समूह प्रमुख कार्यकारी अधिकृत श्री राजेन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। फिनटेक अलायन्स नेपाल (FAN) का अध्यक्ष श्री साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गर्नुभयो।
यसै अवसरमा फिनटेक अलायन्स नेपालद्वारा “नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग” विषयमा प्यानल छलफल पनि सम्पन्न भयो। छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष श्री कैलाश बडु, Wiseyak Inc. का प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक श्री सुरेश मानन्धर, Cedar Gate Services की उपाध्यक्ष (डाटा) सुश्री श्वेता कर्ण, eXtensoData का प्रमुख कार्यकारी अधिकृत श्री सुरेश गौतम, र NAAMII की अनुसन्धान सहायक सुश्री अन्जु क्षेत्री (मोडरेटर) सहभागी थिए।
यो बीएससी (अन्स)डाटासाइन्सकार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको छ। यस कार्यक्रमकोलक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नुहो।
आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिश कलेज वा ब्रिटिश इन्टरनेशनल कलेजमा सम्पर्क गर्न सक्नेछन्।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २१ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *