Image

बबि यार नरसंहारः जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो 

किभ, १३ असोज

दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो जातीय नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ मा भएका सो नरसंहारमा झन्डै ३४ हजार मानिसको मृत्यु भएको थियो ।
 
नाजीले दुई दिन गरेको सो नरसंहारमा त्यति ठूलो संख्यामा यहुदी मारिएका थिए । तत्कालीन सोभियत युनियनको नियन्त्रणमा रहेको यक्रेनी राजधानी किभलाई  सेप्टेम्बर २९ मा नाजीले कब्जा गरेर यहुदीलाई एउटा चौकीमा बोलाएर गोली ठोकेका थिए । मारिनेमा महिला र बालबालिका पनि थिए । नाजी नेता एडोल्फ हिट्लरको निर्देशन पालना गर्न जर्मनीको सेना १९ सेप्टेम्वरमा किभ पुगेको थियो ।
 
यहुँदीको हत्या गर्नुअघि राजधानी किभबाट उत्तर तर्फ रहेको बबी यारको एउटा खोचमा यहुदीलाई लगिएको थियो । त्यसपछि उनीहरूलाई निवस्त्र पारेर मेसिन गनले पालै पालो गोली ठोकिएको थियो ।
 
हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक रुपमा पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको शबले ववी यारमा रगतको खोलो बगेको थियो ।
 
सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई बवी यारमा नै नरसंहार गरिएको थियो । यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिला जस्तै निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो ।
जर्मनीको सेना सोभियत युनियनबाट भागेपछि नाजीले नरसंहारको प्रमाण मेटाउन नाजीले शबलाई निकालेर सामूहिक रूपमा जलाउने प्रयास गरेको थियो । 

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *