Image

नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौं, २ जेठ

पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित टीयू  अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो । नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिएकी हुन् ।

युगान्डाका लागि  ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाएकी हुन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भएकी थिईन्  ।

तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौकासहित २९ रन बनाइन् । यस्तै, फ्राङ्क्लिन नजुम्बोले १२, रिता मुसामालीले १३, रिता न्याङ्गिन्डोले १८ रन बनाईन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् । नेपाल र युगान्डाबीच पहिलो पटक अन्तरराष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *