• Home
  • खेलकुद
  • त्रिकोणात्मक शृंखलाको खेल तालिका सार्वजनिक
Image

त्रिकोणात्मक शृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं, १७ जेठ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एकदिवसीय शृ‌खलाको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा हुनेछ ।

यस्तै तेस्रो खेल १६ जुलाईमा  नामिबियाविरुद्ध खेल्दा १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । हाल नेपाली टिम लिग २ अन्तर्गत शृंखलाको लाग अमेरिका भ्रमणमा छ । जहाँ नेपालले आयोजक अमेरिकासँगै ओमानसँग खेल्नेछ ।

लिग टु को अंक तालिकामा १२ खेल खेलेको नेपाल छैटौं स्थानमा छ । नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १७ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २२ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *