For Youtvnepal long gif
Image

जेठमा सुरु हुने बास्केटबल लिग

काठमाडौं, २७ चैत

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।

दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।

लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागीता हुनेछ ।

यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी टोलीहरू निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

दुवै विधाका ‘प्लेअर अफ दी म्याच’ ले तीन हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, दुवै विधाका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाउनेछन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *