• Home
  • ताजा समाचार
  • ग्रीनल्यान्ड कलेजद्वारा मेधावी विद्यार्थीहरूलाई नगदसहित सम्मान
Image

ग्रीनल्यान्ड कलेजद्वारा मेधावी विद्यार्थीहरूलाई नगदसहित सम्मान

विराटनगर-९ स्थित ग्रीनल्यान्ड कलेजले आज विशेष कार्यक्रमको आयोजना गरी कलेज प्राङ्गणमै आफ्ना मेधावी तथा उत्कृष्ट विद्यार्थीहरूलाई माला, खादा, अबिर र नगद पुरस्कारसहित सम्मान गरेको छ। छोटो समयमा मेडिकल, इन्जिनियरिङ, पारामेडिकल र एप्लाइड साइन्स जस्ता क्षेत्रहरूमा सयौं विद्यार्थीको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल यस कलेजले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै उच्च मनोबलका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि प्रेरणा स्वरूप नगदसहित सम्मान गरेको हो।

कलेजका प्रिन्सिपल दिनेश दाहालका अनुसार, विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै उनीहरूलाई आफ्नो उद्देश्य हासिल गर्न निरन्तर प्रयासरत रहन उत्प्रेरित गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

शैक्षिक नतिजासँगै अतिरिक्त क्रियाकलाप र खेलकुदमा पनि प्रदेश नं. १ मा अग्रणी स्थान बनाएको ग्रीनल्यान्ड कलेजले गायन, नृत्य, कविता वाचन, हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन र फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिसजस्ता खेलकुद प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। साथै, अन्तरविद्यालय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा पुरस्कृत गरिएको छ।

सम्मानित विद्यार्थीहरूमध्ये प्रियंका उपाध्याय, शम्भुप्रसाद दाहाल, लक्ष्मी गिरी, एमडी आर्जु अन्सारी, मेनुका कुमारी मण्डल, प्राप्ति मेहता, कुलदेव शाह, आशुतोष कुमार भगत, अभिषेक मण्डल, सुरज कुमार गुप्ता, समीक्षा दाहाल, गरिमा तिम्सिना, कृष्ण कुमार भगत, भारती यादव, ओमप्रकाश यादव, राजेश मण्डल, रुल्स गुप्ता, मनिषकुमार झा लगायतका ८१ विद्यार्थी रहेका छन्।

कलेजका प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीहरूलाई भविष्यका कर्णधार र वर्तमानका साझेदारका रूपमा विकास गर्न कलेजले निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समाचार: सुलभ रिजाल, सुनसरी

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २१ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *