• Home
  • खेलकुद
  • क्यानलाई एपीएल आयोजना गर्न दिन आग्रह
Image

क्यानलाई एपीएल आयोजना गर्न दिन आग्रह

काठमाडौं, ९ जेठ

नेपाल टी-२० बाहेक अन्य कुनै पनि फ्रेन्चाइज प्रतियोगिता मान्यता नदिने निर्णय लागू नगर्न एभरेष्ट प्रिमियर लिग (इपीएल)ले नेपाल क्रिकेट संघ (क्यान) लाई आग्रह  गरेको छ । यसअघि क्यानले आधिकारिक प्रतियोगिताको रुपमा नेपाल टी-२० घोषणा गरेसँगै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक देशमा एक मात्र फ्रेन्चाइज लिग हुने भन्दै यसबाहेकका कुनै पनि फ्रेन्चाइज लिगले मान्यता नपाउने बताएका थिए ।

जसका कारण पाँचौ संस्करणका लागि मिति पर्खिरहेको इपिएलसँगै अन्य कुनै पनि फ्रेन्चाइजले मान्यता नपाउने भएका थिए ।

यसै सन्दर्भमा सोमबार आयाेजित पत्रकार सम्मेलनमार्फत नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपीएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

‘क्यानले गरेको घोषणाबाट इपिएल र यससँग सम्बन्धित सबै सरोकारवाला पूर्ण रुपमा निराश र स्तब्ध छौं । इपिएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि नेपाली क्रिकेटलाई सहयोग गरेको थियो,’ इपीएल आयाेजकले भनेकाे छ ।

‘तर, घरेलु लगानीमा सञ्चालित इपीएललाई क्यानले मान्यता नदिने निर्णयले नेपाली कर्पोरेट क्षेत्रलाई निकै गलत र गम्भीर सन्देश पुर्याएको छ । यदि क्यानले हालै जारी गरेको निर्णय कार्यान्वयन गर्ने हो भने इपीएल र यसका ६ टिमले आगामी दिनमा क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्नेछ ।’

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १४ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *