अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओकाे आवेदन खुला

150Views
0 Shares

काठमाडौ,  १०  असार । अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ ।

यस मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

 
त्यस अवधिमा सबै सेयर बिक्री नभएमा भने असार २४ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
38°
Sunny
5:28 am7:01 pm +0545
Feels like: 43°C
Wind: 8km/h SSW
Humidity: 35%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
40°C
40°C
40°C
40°C
39°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 27°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय