• Home
  • राष्ट्रिय खबर
  • अटो दुर्घटनामा मृत्यु भएकाहरूकाे क्षतिपुर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध
Image

अटो दुर्घटनामा मृत्यु भएकाहरूकाे क्षतिपुर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही, २ भदौ

रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेकाे परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व-पश्चिम लोकमार्ग अवरूद्ध बनाइएकाे छ ।

बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्कारबाट बागमतीबाट रौतहटतर्फ जादै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरूषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।

सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दे पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लाेकमार्गस्थित पुतली चोकमा टायर बालेर बिरोध प्रदर्शन गरेकाे इलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ ।

विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्सायर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पुर्व पश्चिम लोकमार्गमा यात्रारत सयाैं यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तब्यतर्फ लागेका छन् ।

दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेली मगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनकाे रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शाेकमा डुबेकाे छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ महिना अगाडि

पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण, रुपेश पाण्डेय उर्जाशील र व्यवहारिक नेताका रूपमा उदाउँदै

वीरगञ्ज – आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र बन्दै गएको छ।…

ByByBirgunj १० महिना अगाडि

ओलीपछि प्रचण्ड पनि देउवासँग संवादमा: राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धन कसरत

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *