Image

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव।

महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार।

उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ।

शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए।

दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुशी भएनन्। यो निर्णयबाट पछि हट्न र न्याय दिलाउन भन्दै सबैजना शिवको चरणमा नै पुगे।तर भगवान विष्णु जीले ब्राह्मणको भेषमा शंखचुडसँग श्रीकृष्णको कवच दानमा मागे। साथै शंखचुडको रुपमा तुलसीको शील पनि हरण गरे।

यसपछि शिवजीले शंखचुडलाई आफ्नो त्रिशुलले भस्म गरिदिए। उनै शंखचुडको हड्डीबाट शंखको जन्म भएको शिवपुराणमा उल्लेख छ।दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ। जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ।

मन्त्रः

ॐ नमः शिवाय, नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

पूजा विधिः

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।

यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप, दीप बालेर आरती गर्नुहोस्।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २१ घण्टा अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ दिन अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni १ दिन अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *