पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण, रुपेश पाण्डेय उर्जाशील र व्यवहारिक नेताका रूपमा उदाउँदै
By Birgunj
६ महिना अगाडि
Comments: 0
वीरगञ्ज – आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र बन्दै गएको छ। यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा सक्रिय युवा रुपेश पाण्डेय यस क्षेत्रका सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा मजबुत रूपमा उदाउँदै गएका छन्। कतिपय राजनीतिक दलमा पुरानै नेताले अवसर पाउन लागेको चर्चा चलिरहँदा पर्सा–३ मा भने पाण्डेयलाई जनताले वैकल्पिक नेतृत्वका रूपमा अगाडि सार्न थालेका हुन्। पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल तथा भेटघाटका क्रममा पाण्डेय स्थानीयहरूसँग निरन्तर संवादमा छन्। जनताले अबको आवश्यकता वैकल्पिक शक्ति भएको उल्लेख गर्दै पाण्डेय अघि बढ्नुपर्ने धारणा राख्न थालेका छन्। जनसंवादका क्रममा पाण्डेयले आफू सधैं समाजसँगै र समाजको विकाससँग जोडिएर अघि बढ्ने बताउँदै चुनावमा जनसमर्थन प्राप्त भएमा क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध र मिहिन ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले पर्सा–३ का गाउँ, बस्ती र बजारमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाएको छ। उनी दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र सम्भावित समाधानका उपाय प्रस्तुत गर्दै आएका छन्। पाण्डेयले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।
पोखरिया, पकाहा, महुवन, श्रीपुरलगायत क्षेत्रका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने, धार्मिक स्थलको प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनले प्राथमिकतामा राखेका छन्। साथै राष्ट्रिय निकुञ्जसँग समन्वय गरी भाथा भगवान धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने योजनालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेन–जि आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको माग बढेको छ। यही वातावरणमा पाण्डेयको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप उचाइमा पुगेको देखिन्छ।
मानिकपुर–२ का एक स्थानीय भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको समय सकिएको छ, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व पाण्डेयमै देखिन्छ।” पोखरिया बजारकी एक व्यवसायी महिलाले भनिन्, “हामीलाई ठूला भाषण होइन, बजार व्यवस्थित गर्ने र ढिलाइ नगरी काम गर्ने नेता चाहिएको हो, पाण्डेयका योजना व्यवहारिक देखिन्छन्।”
पाण्डेयले पर्सा–३ भित्रका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेका छन्। विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित विकास नभएको उल्लेख गर्दै उनले अब परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व अपरिहार्य भएको बताउँदै आएका छन्। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्ने क्षमताबाट हुनुपर्छ।
धर्म–संस्कृति, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई सुदृढ बनाउने पाण्डेयको दृष्टिकोणले स्थानीय समुदायबीच उनको छवि अझ बलियो बन्दै गएको छ। यही कारण उनी अहिले पर्सा–३ मात्र होइन, सम्पूर्ण जिल्लाका युवा पुस्ताका लागि ‘उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’का रूपमा हेरिन थालेका छन्।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि